१० चैत्र २०८१, सोमबार
Follow us :

न्यूजिल्याण्डको उत्कृष्ट प्रदर्शन, बंगलादेशलाई ५ विकेटले हरायो

कान्तिपुर प्रेस

आइसीसी च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ।बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पूरा गरेको थियो।

न्यूजिल्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए। त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो। बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए।

त्यसैगरी न्यूजिल्याण्डका बलर माइकल ब्रसवेलले सर्बाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक एक विकेट लिएका थिए।

यो जितपछि समुह ए बाट न्यूजिल्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ। त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन्। अब समुह ए अन्तर्गत भारत र न्यूजिल्याण्ड तथा पाकिस्तान र बंगलादेशले अ(आफ्नो अन्तिम खेल खेल्ने छन्।

प्रतियोगिता अन्तगत आज अष्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसमाने हुनेछन्।

१३ फाल्गुन २०८१, मंगलवार ०१:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०