१७ बैशाख २०८३, बिहीबार
Follow us :

अधिवक्ता धामीलाई धम्की, बक्सिङ संघका अध्यक्षसहित सातजनाविरुद्ध उजुरी

कान्तिपुर प्रेस

अधिवक्ता प्रेम सिंह धामीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिनु भएको छ। वि. सं. २०४९ सालदेखि कानून व्यवसायमा संग्लग्न भई बहस गर्दै आउनुभएका धामीले आफूलाई राम अवाले समेतका व्यक्तिबाट धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज मंगलबार उजुरी दिनुभएको हो ।
“मलाई अपरिचित मानिसहरू कार्यालयमा पठाएर धम्की दिने काम लामै समयदेखि हुँदै आएको थियो, सामान्य होला भनेर चुप बसेको थिँए, अहिले थप असामान्य गतिविधिहरु हुँदै गए, तसर्थ मैले शान्ति सुरक्षा कायम गरि पाउँ भनी प्रशासनमा निवेदन दिन बाध्य हुनु पर्यो।” उहाँले भन्नुभयो ।
यसअघि पनि २०७७ सालको दशैँतिर एक्कासी कार्यालयमा कृष्ण आवालेको नेतृत्वमा श्यामकाजी अवाले, टेकेन्द्र पौडेल, लक्ष्मण पौडेल आएर तैले हामीलाई चिनेको छैनस्, तँलाई हामी जे पनि गर्न सक्छौं, बुझेर मात्रै कानून व्यवसाय गर्नु भनी धाकधम्की दिएको उहाँले बताउनुभयो।

अधिवक्ता धामीले बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, उपाध्यक्ष श्यामकाजी आवले, भाइराजा (मोतीकाजी) अवाले, कृष्ण अवाले, केदार अवाले, लक्ष्मण पौडेल र टेेकेन्द्र पौडेलसमेतबाट धम्की आएको भन्ने उल्लेख गरि उजुरी दिनुभएको हो ।

यस बिषयमा जानकारी लिन सम्पर्क गर्दा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले शान्ति सुरक्षाका लागि माग भइ आएकोले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जानकारी गरिएको जानकारी गराउनुभो।
“दिनमा १०/१२ वटा त शान्ति सुरक्षा कै उजुरीहरु आउने गरेको छ, लेनदेनका बिषमा कुरा नमिल्दा, कतिपय मुद्दाका बिषयमा कुरा नमिल्दा पनि यस्ता समस्याहरु निम्तिने गरेका छन्।” उहाँले भन्नुभयो ।

१४ फाल्गुन २०८१, बुधबार ०३:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०