८ चैत्र २०८१, शनिबार
Follow us :

केपी ओली कप फुटबल: आज त्रिभुवन आर्मी क्लब र संकटाबीच सेमिफाइनल भिडन्त

कान्तिपुर प्रेस

केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ।

केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए। खेल साँझ ५ बजेदेखि सुरु हुने छ। भोलि हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन्।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।

१६ फाल्गुन २०८१, शुक्रबार ०८:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०