प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। नेपाली कांग्रेसकी नेतृ, पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता काेइरालाकाे भ्रममा रहेकाे प्रतिनिधि मण्डललाई चिनकाे सिचुवान प्रान्तीय सरकारले नेपाली बिद्यार्थीहरूलाई छात्रवृत्ति दिने प्रतिवद्धता जनाएको छ। काेइरालाकाे मागपछि चिनकाे प्रान्तीय सरकारले तीन बर्षभित्रै नेपाली बिद्यार्थीलाई ६० वटा छात्रवृत्ति दिने भएको हो । सिचुवान प्रान्तले बिहिवार निर्णय गरेर उक्त व्यवस्था मिलाएको नेपाल मामिला प्रमुख सरलाले बताउनुभएको हो। यस छात्रवृत्तिले नेपाली बिद्यार्थी लाभान्वित हुनेे भ्रमणमा सहभागी दाेलखाका कांग्रेस सभापति बर्मा लामाले बताउनुभयो।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालकाे राजनीति दललाई हेर्ने दृष्टिकोण एउटै भएकाे र कांग्रेसलाई फरक र कम्युनिस्टलाई फरक ब्यवहार नगरेकाे बताएका छन्। उहाँहरूले नेपाल र चिनसँगकाे छिमेकी सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउनुभयो । चिनकाे भ्रमणमा नेतृ काेइराला सहित २० जना सहभागी रहेको भ्रमण दलका सदस्य गोकर्ण प्रसाद भण्डारीले जानकारी गराउनुभयो।