८ चैत्र २०८१, शनिबार
Follow us :

ट्रम्पको आयात कर वृद्धिपछि अमेरिका-चीन ‘व्यापार युद्ध’ चर्किने संकेत

कान्तिपुर प्रेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाएसँगै विश्वका दुई ठूला अर्थतन्त्रबीच ‘व्यापार युद्ध’ चर्कने देखिएको छ । आयात कर बढाउने ट्रम्पको निर्णयपछि चीनले अमेरिकासँग ‘जस्तोसुकै युद्ध’ का लागि तयार रहेको बताएको हो ।

‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो आयात शुल्कसम्बन्धी होस् वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौं,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

विदेश मन्त्रालयको टिप्पणीलाई अमेरिकाको वासिङ्टनस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समा पुनः पोस्ट गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि लागू हुने गरी चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर थप गरेका थिए । त्यसको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशतसम्म आयात शुल्क लगाइसकेको छ ।

राष्ट्रिय जनकंग्रेसको वार्षिक सम्मेलनका लागि चिनियाँ नेताहरू राजधानी बेइजिङमा भेला भइरहेका बेला चीनले अमेरिकालाई चेतावनी दिएको हो । जनकंग्रेसको तेस्रो पूर्ण सत्रमा प्रतिवेदन पेस गर्दै चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीनको रक्षा खर्च ७.२ प्रतिशतले बढाउने घोषणा गरेका छन् ।

२३ फाल्गुन २०८१, शुक्रबार ०६:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०