७ बैशाख २०८२, आईतवार
Follow us :

यस वर्षको एसईईमा उत्कृष्ट नतिजाको अपेक्षा : प्रधानमन्त्री ओली

कान्तिपुर प्रेस

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई धैर्यताका साथ तयारी गरी परीक्षा दिन आग्रह गर्नुभएको छ।

आज साँझ भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले चैत ७ गतेदेखि सुरू हुने परीक्षामा राम्रो तयारीका साथ सहभागी हुन विद्यार्थीलाई प्रेरित गर्नुभएको हो। उहाँले नआत्तिन, आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै भने,

“विद्यार्थी भाइबहिनीहरू, तपाईंहरू अहिले परीक्षाको तयारीमा हुनुहुन्छ। समय खेर फाल्ने बेला होइन। मेहनत गरेर राम्रो अङ्क प्राप्त गर्न सफल हुनुहोस्। मेरो धेरै शुभकामना छ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई पर्याप्त आराम लिन, अनिँदो र थकित अवस्थाबाट जोगिन सुझाव दिनुभयो। साथै, परीक्षा जीवनको एक स्वाभाविक प्रक्रिया भएकाले तनाव नलिन पनि भन्नुभयो।

“पहिले एसएसलीलाई फलामे ढोका भनिन्थ्यो, जसले विद्यार्थीमा त्रास पैदा गर्थ्यो। तर परीक्षा भनेको जीवनभर आइरहने प्रक्रिया हो, त्यसैले नआत्तिनुहोस्।”

उहाँले अघिल्ला वर्ष एसईई परीक्षाको नतिजा अपेक्षाअनुसार राम्रो नभएकाले यस वर्ष उत्कृष्ट नतिजाको आशा गरेको बताउनुभयो।

६ चैत्र २०८१, बिहीबार ०६:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०