१० चैत्र २०८१, सोमबार
Follow us :

सेयर बजारमा चल्न थाले ‘हाइक्याप’ कम्पनी

सेक्टर बढेपछि बजारप्रति विश्वास बढ्ने गर्छ

कान्तिपुर प्रेस

सेयर बजारमा चल्न थाले ‘हाइक्याप’ कम्पनी

बैंकिङ सेक्टर बढेपछि मात्रै समग्र बजार बढ्ने विश्वास लगानीकर्तामा छ । लगानीकर्तामा बैंकिङ सेक्टरले नै बजारलाई माथि लैजान सक्छ भन्ने विश्वास हुनुको प्रमुख कारण नै ‘हाइक्याप’ कम्पनी र सेक्टरको बलियो शक्ति हो ।

यो सेक्टरमा सूचीकृत सबै कम्पनी ‘हाइक्याप’ मानिन्छन् र सीमित व्यक्ति वा समूहले सेक्टरको एउटा कम्पनीलाई समेत प्रभाव पार्न मुस्किल पर्छ । जसले गर्दा साधारण लगानीकर्तामा पनि यो सेक्टर बढेपछि बजारप्रति विश्वास बढ्ने गर्छ ।

सोमबार धेरैपछि बैंकिङ सेक्टर २ प्रतिशतभन्दा धेरै बढ्यो । नेप्से परिसूचक जम्मा १.१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर २.१६ प्रतिशत बढ्यो । बेलाबेलामा नेप्सेभन्दा राम्रो प्रदर्शन गर्ने भएकै कारण बैंकिङ सेक्टरका कम्पनी पनि कारोबारका लागि उपयुक्त हुने गरेको देखिँदै आएको छ ।

साउन ३१ गते ३ हजार अंक पुगेको नेप्से परिसूचक त्यसयता घट्दै पुस १६ गते २५७६.५० अंकसम्म झरेको थियो । पुस १६ पछि नेप्से परिसूचक ‘हायर लो, हायर हाई’ ट्रेन्डमा अघि बढेको छ । सोमबार (फागुन ५ गते) २७२७ अंकमा पुगेको छ ।

५ फाल्गुन २०८१, सोमबार १८:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०