प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता २०२५ मा आईकेओके क्योकुशिनकाई कराते डोजो नखिपोटका साहिर श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।
इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोको आयोजनामा ललितपुरको नखिपोटमा शनिबार सम्पन्न प्रतियोगितामा श्रेष्ठले खुला तौल समूहमा प्रथम स्थान र उक्त डोजोकै दिनेश बम्जनले दोस्रो स्थान हासिल गर्नुभएको हो । त्यस्तै पासाङ घलानले तृतीय र प्रशात सुनुवार सान्त्वनामा चित्त बुझाउनु परेको छ ।
महिलातर्फ ३०देखि ३५ केजी तौल समूहमा आईकेओकेकी अञ्जली राईले दोस्रो र रियान्सा बि.क.ले तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।
महिलातर्फकै ३५ देखि ४० तौल समूहमा अम्बिका घिमिरे प्रथम र सुस्मिता वि.कले सान्त्वना हात पार्न सफल हुनुभयो । त्यस्तै ४० देखि ४५ के.जी तौल समूहमा अञ्जु श्रेष्ठ, ४५ देखि ५० के.जी. तौल समूहमा जेनिसा वि.क दोस्रो हुनुभयो ।
महिला खुला तौल समूहमा एलिसा बि.क तेस्रो र तायमा बान्तवा राईले चौथसणथान हासिल गर्नुभयो ।
पुरुषतर्फ २५ देखि ३० केजी तौल समूहमा रोहिस वि.क तेस्रो, ३० देखि ३५ मा जेसिस राई प्रथम र सर्वन श्रेष्ठ दोस्रो हुनुभयो । ३५ देखि ४० केजी तौल समूहमा कृष्ण चौधरी र ५० देखि ४५ करन शाही प्रथम हुनुभयो भने रामराजा लोप्चनले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। ४५ देखि ५० केजी तौल समूहमा सोनाम मोक्तान प्रथम र रेसङ् सुनुवार दोस्रो हुनुभयो ।
काता प्रतियोगितामा लिसन मगर तेस्रो हुन सफल हुनुभयो ।
प्रतियोगिता आइकेओके कराते डोजोका २९ जना खेलाडीले भाग लिएको प्रशिक्षक सेन्सेइ समीर श्रेष्ठले जानकारी गराउनुभयो।
प्रतियोगितामा पाँच वटा संघका ९२ जना खेलाडीहरुले भाग लिएको इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोका अध्यक्ष रितुवर्तन राईले जानकारी दिनुभयो ।
कडा मेहनतका साथ नियमित रुपमा डोजोमा खेल अभ्यास गरिरहेका खेलाडीहरुले यो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आइकेओके क्योकुशिनकाई कराते डोजोका अध्यक्ष दिपक लामाले बताउनुभयो ।