नेपाली लोकसंगीतमा गहिरो छाप छोड्दै आएका गायक सिताराम घिमिरेले नयाँ सिर्जना ‘बास्ना हरर’ लिएर श्रोतामाझ आएका छन्। मिठासपूर्ण युगल स्वरमा गायिका रेखा पोखरेलको साथमा रेकर्ड गरिएको यस गीतमा शब्द र संगीतको जादू सिर्जना गरेका छन् राजेन्द्र राउतले।
मुभी माला स्टुडियोमा रेकर्ड गरिएको गीत ‘बास्ना हरर’ ले प्रेम, याद र जीवनका न्यानो अनुभूतिहरूलाई संगीतको माध्यमबाट उजागर गर्छ। लोकधुनमा पगेको यो गीतले श्रोताको मनमा मीठो स्पर्श छाड्ने अपेक्षा गरिएको छ।
गायक घिमिरे यसअघि ‘धजा बाँधेको’, ‘कलेजी खाने पो रैछ’, ‘गाउँ जाने बाटो’ लगायतका लोकप्रिय गीतमार्फत लोकसंगीतमा आफूलाई स्थापित गराइसकेका छन्। रेखा पोखरेलको सशक्त स्वरले यस गीतलाई अझ भावपूर्ण बनाएको छ।
संगीतप्रेमीहरूका लागि उपहारस्वरूप ल्याइएको ‘बास्ना हरर’ हाल युट्युब र अन्य डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ, जसले छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुल्दैछ।