३ माघ २०८२, शुक्रबार
Follow us :

नेपाल र केल्मिकियाका युवाबीच सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने सहमति

कान्तिपुर प्रेस

काठमाडौं । दूरी टाढा भए पनि संस्कृति नजिकै। यही भावनासहित नेपाल र केल्मिकियाका युवाबीच सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको छ।
पहिलोपटक आयोजित अनलाइन संवादले दुई क्षेत्रका युवाबीचको सांस्कृतिक सेतु अझ सुदृढ गर्ने मार्ग प्रशस्त गरेको छ।

रसियन संघीय गणतन्त्रको नेपालस्थित दूतावास र केल्मिकियाको युवा मामिलासम्बन्धी सरकारी निकायको सहकार्यमा सम्पन्न उक्त छलफलमा युवाबीच परम्परा, संस्कृति, संस्कार, शिक्षा, विज्ञान, नवप्रवर्तन, खेलकुद, मानवीय सीप विकास र बुद्ध धर्मसम्बन्धी विविध विषयमा अनुभव र ज्ञान आदान–प्रदान गर्ने सम्भावनामाथि गहिरो विमर्श भएको थियो।

वार्तामा सहभागी दुवै पक्षले यस पहललाई ऐतिहासिक सुरुवातका रूपमा लिँदै संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। निकट भविष्यमा थप कार्यक्रम र अन्तरक्रियामार्फत आपसी सम्बन्ध अझ नजिक्याउने साझा अठोट समेत व्यक्त गरिएको छ।

यो छलफलले दुई भिन्न भूगोलका युवा समुदायहरूलाई नयाँ अवसर र सम्भावनाका ढोका खोलिदिएको सहभागीहरूको विश्वास छ।

२४ असार २०८२, मंगलवार १६:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०