२ माघ २०८२, बिहीबार
Follow us :

NRNA जापानमा पारदर्शिता र समावेशिताको सन्देशसहित मियाको उम्मेदवारी

कान्तिपुर प्रेस

 

गुन्मा, जापान । 
गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।

गुन्मा क्षेत्रीय समितिको संयोजकका रूपमा सन् २०२३–२०२५ को कार्यकालमा उत्कृष्ट नेतृत्व क्षमता प्रदर्शन गरेका मिया सामाजिक उत्तरदायित्व, पारदर्शिता र समुदायप्रति समर्पित कार्यशैलीका लागि परिचित हुनुहुन्छ।

संयोजक पदमा रहँदा उहाँले समाजमा एकता, सहभागिता र समन्वय अभिवृद्धि गर्न उल्लेखनीय पहलहरू गर्नुभएको थियो। विशेषतः उहाँको नेतृत्वमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियानले सदस्य संख्या पाँच गुणाले वृद्धि गर्नु संघको इतिहासमै उदाहरणीय मानिएको छ।

आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै मियाले भन्नुभयो:

“NRNA जापानलाई पारदर्शी, उत्तरदायी र समावेशी बनाउनु मेरो प्रमुख उद्देश्य हो। सह-कोषाध्यक्षको पदमा रही म वित्तीय अनुशासनसहित संस्थाको विश्वास निर्माणमा क्रियाशील रहनेछु।”

गुन्मा क्षेत्रमा स्थापित मियाको लोकप्रियता, इमान्दार छवि र कार्यकुशलता का आधारमा NRNA जापानको भावी नेतृत्वमा सकारात्मक ऊर्जा, पारदर्शिता र संस्थागत समावेशिता थपिने विश्वास गरिएको छ।

२९ असार २०८२, आईतवार १६:४० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०