५ बैशाख २०८३, शनिबार
Follow us :

प्रतिमा अर्यालको ‘दामी देखिन्छौ’ मार्फत तीजमा नयाँ स्वाद

कान्तिपुर प्रेस

काँठे भाकामा चर्चित गायिका प्रतिमा अर्यालले नयाँ तीज गीत ‘दामी देखिन्छौ’ सार्वजनिक गरेकी छिन्। गायिका अर्यालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्।

गीतमा नमराज पाण्डेको शब्द, संगीत र स्वर रहेको छ भने महेन्द्र भण्डारीले संगीत संयोजन गरेका छन्। अर्याल र पाण्डेको युगल स्वरमा रहेको यो गीत तीजको परिवर्तित सामाजिक सन्दर्भमा आधारित छ।

भिडियोको निर्देशन र कोरियोग्राफी “शंकर वि.सी.”ले गरेका छन्। लोसिना लामिछाने, मनोहर श्रेष्ठ र शंकर वि.सी. स्वयंलाई फिचर गरिएको भिडियोको सिनेम्याटोग्राफी राजेश घिमिरेले र सम्पादन नविन घर्ती मगरले गरेका हुन्।

फरक स्वादमा अर्याल

६ सयभन्दा बढी गीतमा आवाज दिएकी प्रतिमा अर्याल काँठे भाकामा स्थापित नाम हुन्। ‘ओए गनगन’, ‘घारमा मौरी’, ‘सान्नानी’, ‘गैरी पीपल’, ‘रुपै रैछ मोहनी लाउने’ जस्ता लोकप्रिय गीतपछि उनले ‘दामी देखिन्छौ’ मार्फत फरक स्वाद पस्किएकी हुन्।

अर्यालका अनुसार यो गीत विवाहित महिलाको दृष्टिकोणबाट गाइएको हो, जसले आफ्नो टाढा रहेका जीवनसाथीप्रति भावनात्मक नजिकपन महसुस गराउने प्रयास गर्छ। उनी भन्छिन्, “नियति जे भए पनि आपसी विश्वासमा आँच आउनु हुँदैन। नियत सफा छ भने व्यवहारिक परिस्थिति स्वीकार्न सक्नुपर्छ।”

गीतले दाम्पत्य जीवनको समर्पण, भरोसा र भावनात्मक सम्बन्धको सन्देश बोकेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

४ श्रावण २०८२, शनिबार १२:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०