४ माघ २०८२, शनिबार
Follow us :

शेर्पा पर्यटन व्यवसायिक संघ नेपालको ७औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व निर्विरोध

कान्तिपुर प्रेस

काठमाडौं । शेर्पा पर्यटन व्यवसायिक संघ नेपालले आफ्नो ७औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा च्येङा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा रहेका छन्। महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा गेलु शेर्पा र सह–कोषाध्यक्षमा दाबुटी शेर्पा चयन भएका छन्।

त्यस्तै, सदस्यमा कुङगा शेर्पा, वाङ्डा शेर्पा, आङ दावा शेर्पा, कामी शेर्पा र नुर्बु छिरिङ शेर्पा निर्वाचित भएका छन्।

साधारणसभामा संघको विगतका गतिविधि, आगामी कार्ययोजना र हिमाली पर्यटनको सम्भावना तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो। नयाँ नेतृत्वले आफ्नो कार्यकालमा पर्यटन व्यवसायको दिगोपन, सदस्यको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार तथा शेर्पा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पर्यटन विज्ञहरूका अनुसार, शेर्पा समुदायको सीप र अनुभवलाई व्यवस्थित रूपमा उपयोग गर्न सके, यसले हिमाली पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

२५ श्रावण २०८२, शनिबार २१:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०