२७ माघ २०८२, सोमबार
Follow us :

टानको ४७औं वार्षिक साधारण सभा भदौ १५ गते

कान्तिपुर प्रेस

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारण सभा आगामी भदौ १५ गते आइतबार काठमाडौंमा हुने भएको छ । संघको २०८२ साउन ३० गते बसेको कार्यसमितिको १२औं पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

साधारण सभा गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान ९ बजेबाट सुरु हुने टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा योजना, आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत गरिनेछ । त्यस्तै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने विषयमा पनि छलफल हुने छ ।

साधारण सभाबाट माइन्युटमा हस्ताक्षर गर्न दुई जना प्रतिनिधि चयन गर्ने, विधान तथा विनियमावली संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषयमा पनि निर्णय हुने टानले जनाएको छ ।

महासचिव शेर्पाले सबै सदस्यलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई संघका नीतिगत तथा कार्यक्रमगत निर्णयमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

WhatsApp Image 2025-08-16 at 10.13.16_9531cbc2.jpg

३२ श्रावण २०८२, शनिबार १५:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०