४ माघ २०८२, शनिबार
Follow us :

फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी दर्ता

कान्तिपुर प्रेस

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत विकास ठकुरी मल्लका अनुसार आइतबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

“पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहले उम्मेदवारी दर्ता गराएको हो । आरोही, व्यवसायी र पर्यटन विज्ञलाई समेटेर बनेको यस समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

शेर्पा समूहको उम्मेदवार सूचीमा अध्यक्षमा फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।

बुक होल्डर सदस्यमा आङ थिन्डु शेर्पा, सोना तेम्वा शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र फुर्वा ओङदी शेर्पा रहेका छन् ।

यसैबीच, कुलबहादुर गुरुङको समुहले पनि उम्मेदवारी दिएका छन् । उनले संघलाई सक्षम, समावेशी र पारदर्शी बनाउन आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन् ।

एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी भदौ ७ गते हुँदैछ ।

१ भाद्र २०८२, आईतवार १८:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०