२७ माघ २०८२, सोमबार
Follow us :

राजनीतिमा फेरि नयाँ समीकरण : हिजो ढलेका, आज उचालिएका

कान्तिपुर प्रेस

काठमाडौं । ठिक एक वर्षअघि सम्पन्न टानको निर्वाचनमा डा. राम शरण थापालिया अग्रपंक्तिमा उभिएर राजेन्द्र सापकोटालाई पराजित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। थापालियाको सक्रियता, रणनीति र निरन्तर प्रयासकै कारण सापकोटा पछि धकेलिनु निश्चित भएको थियो।

तर आज परिस्थितिले नयाँ मोड लिएको छ। त्यही थापालियाको खुट्टामुनि टेकेर सापकोटा नेपाल पर्वतारोहण संघको निर्वाचनमा अघि बढिरहेका छन्। यस क्रममा उनले समाजमा विभाजन ल्याउने अभिव्यक्तिहरूसमेत दिइरहेका छन्, जसलाई लिएर स्थानीय वृत्तमा चर्चा बढेको छ।

टानमा पराजित सापकोटा अहिले थापालियाको सहारामा अघि बढिरहेका छन्। तर थापालियालाई लिएर भने नयाँ प्रश्नहरू उठेका छन्। संघको निर्वाचन जिताउने अभियानमा सक्रिय देखिएका थापालिया आफैं भने नेपाल पर्वतारोहण संघ (NMA) का साधारण सदस्य समेत नभएको खुलेको छ।

हिजो प्रतिस्पर्धामा धकेलिएका सापकोटा आज त्यही प्रतिस्पर्धी थापालियाको सहारामा अघि बढ्नु यसको केवल अवसर लागी मात्र दौडिएको सन्देश प्रस्ट जाने देखिन्छ अहिले सपकोटाको यात्रा थापालियाको भरमा अघि बढिरहेको छ। तर भोलि फेरि कोसँग हातेमालो हुन्छ, कसको काँध चढेर को अघि बढ्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

हिजो ढलेको मान्छे आज उठेर त्यही ढाल्नेको काँधमा हात राख्दै अघि बढ्दा दृश्य साँच्चै रोचक बनेको छ।

३ भाद्र २०८२, मंगलवार २०:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०