विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघको २१ सदस्यीय कार्यसमिति गठन भएको छ।ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहल, प्रयागपोखरीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।
समितिको अध्यक्षमा विधान श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविन चालिसे र सञ्जय डंगोल, सचिवमा सागर अमात्य, सह–सचिवमा कारम्पा महर्जन, कोषाध्यक्षमा अनिल श्रेष्ठ र सह–कोषाध्यक्षमा दिपेश चित्रकार चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा विश्वराम लामा, दीपक तामाङ, दीपेन्द्र नेपाली, दीपा शाही, सुप्रिन्स शाक्य, आश्विन बज्राचार्य, उत्तम महर्जन, विजय नगरकोटी, सुनिल नकर्मी, बुद्ध तामाङ, राकेश देशार, सपन कुमार तामाङ, सुनिल महर्जन र बिशायु के.सी. रहेका छन्।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बागमती प्रदेश मुवा थाई संघका अध्यक्ष मनिष लिवि, नेपाल मुवा थाई संघका केन्द्रीय उपाध्यक्ष भुपेश शाक्य, केन्द्रीय सचिव बालगोपाल ठकुरी शाह, केन्द्रीय सदस्य अनिल श्रेष्ठ र बागमती प्रदेश उपाध्यक्ष सुवास अधिकारीलगायतको उपस्थिति थियो।
नवगठित समितिले जिल्लाभर मुवा थाई खेलको प्रचार–प्रसार, प्रशिक्षण, प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।











