९ चैत्र २०८१, आईतवार
Follow us :

बार्सिलोनाको कठिन जित, रियललाई पछि पार्दै शीर्षस्थानमा

कान्तिपुर प्रेस

बार्सिलोना स्पेनी ला लिगा फुटबलको पुन: शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गर्नुभयो । उहाँले २८औँ मिनेटमा पेनाल्टीमार्फत गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो ।

खेलभर बार्सिलोनालाई कडा टक्कर दिए पनि रायो भालेकानोको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि समान खेलबाट ५१ अङ्क छ ।

बार्सिलोनाले गोल अन्तरका आधारमा रियललाई पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो । पराजित रायो भालेकानो ३५ अङ्कसहित छैटौँ स्थानमा छ ।

६ फाल्गुन २०८१, मंगलवार १४:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०