१० चैत्र २०८१, सोमबार
Follow us :

इन्डोनेसियाको हरित ऊर्जा लक्ष्य: ६३ हजार विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण हुँदै

कान्तिपुर प्रेस

इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी)चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्क अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।

“चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा सङ्क्रमणलाई गति दिनु हो,” मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले बताउनुभयो ।

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १।४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।“यसले वार्षिक रूपमा एक लाख टन सीओ२ उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।”

६ फाल्गुन २०८१, मंगलवार १५:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०