बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावका कारण आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा, बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्छ। त्यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा आकाश पूर्ण रूपमा बदली रहने र बाँकी प्रदेशमा सामान्य बदली हुने पूर्वानुमान गरिएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका विभिन्न भू–भागमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











