४ माघ २०८२, शनिबार
Follow us :

देशभरका ८ नदीमा जलसतह ‘खतरा तह’भन्दा माथि

कान्तिपुर प्रेस

हाल देशभरका ८ वटा बाढी मापन केन्द्रहरूमा जलसतह खतरा तह (Danger Level) भन्दा माथि पुगेको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), र बिरिङ खोला (झापा) लगायतका नदीहरू प्रमुख रूपमा प्रभावित भएका छन्। यसैगरी १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तह (Warning Level) भन्दा माथि पुगेको पाइएको छ।

  • कोसी प्रदेशका नदीहरूमा जलसतह अझै बढ्दो क्रममा छ,

  • बागमती र मधेस प्रदेशका केही नदीहरूमा स्थिर अवस्था छ भने केहीमा घटबढ भइरहेको छ।

हाल कोसी, मधेस र बागमती प्रदेशका अधिकांश नदी–नालाहरूको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षा स्थिति
बागमती र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न थालेको भए पनि कोसी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। यो क्रम आगामी केही घण्टा कायम रहने सम्भावना छ।

जोखिम र सतर्कता
उल्लेखित नदीहरूमा (नक्सामा देखाइएका अनुसार) आज बेलुकीसम्म उच्च बाढी जोखिम रहने र भोली बिहानसम्म मध्यम जोखिम कायम रहने पूर्वानुमान गरिएको छ।

अपिल:
सर्वसाधारण, स्थानीय निकाय, सुरक्षाकर्मी तथा राहत–उद्धार संयन्त्रहरूलाई भोली बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

१९ आश्विन २०८२, आईतवार ०६:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०