१ बैशाख २०८३, मंगलवार
Follow us :

ऊर्जावान बाल प्रतिभा ओझ्भिन जिन गुरुङको ठूलो प्रेरणादायी यात्रा

कान्तिपुर प्रेस

बाल प्रतिभा खोजी तथा व्यक्तित्व विकासका लागि आयोजना गरिएको Miss & Master Nepal Junior 2026 मा प्रतियोगी नम्बर १५ का रूपमा सहभागी ७ वर्षीय ओझ्भिन जिन गुरुङ अहिले सबैको ध्यान आकर्षित गर्न सफल भएका छन्। सानै देखि ऊर्जा, आत्मविश्वास र सकारात्मक सोचले भरिएका ऊज्विन हँसिला, मिलनसार र अत्यन्त सक्रिय बालकका रूपमा परिचित छन्।

खेलकुदप्रति विशेष लगाव राख्ने ओझ्भिनलाई फुटबल र मार्शल आर्ट मनपर्छ। उनी नियमित अभ्यासमार्फत आफ्नो क्षमता निखार्दै गइरहेका छन्। उनी अनुशासन, मेहनत र दृढ संकल्प देखिएकाले प्रशिक्षकहरू समेत उनीप्रति आशावादी छन्। उनको निरन्तर प्रयासले भविष्यमा उत्कृष्ट खेलाडी बन्ने संकेत देखिएको छ।

अध्ययनमा पनि ऊज्विन उत्तिकै अब्बल छन्। उनी सधैं A+ ग्रेड हासिल गर्दै आएका छन्। यसले उनको लगनशीलता र मेहनतलाई प्रमाणित गर्छ। पढाइ र खेलकुदलाई सन्तुलनमा राख्दै अघि बढ्नु उनको विशेषता हो, जसले उनलाई अन्य बालबालिका भन्दा फरक बनाएको छ।

भविष्यप्रति स्पष्ट दृष्टिकोण राख्ने ऊज्विनको सबैभन्दा ठूलो सपना भनेको Olympic Games मा स्प्रिन्टरका रूपमा सहभागी भई नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो बनाउनु रहेको छ सानै देखि देखिएको आत्मविश्वास, निरन्तर अभ्यास र सकारात्मक सोचले उनको यो सपना एक दिन अवश्य साकार हुने विश्वास परिवार, शिक्षक तथा शुभेच्छुकहरूले व्यक्त गरेका छन्।

यस्ता उदीयमान बाल प्रतिभाहरू नै राष्ट्रका उज्ज्वल भविष्य हुन्। उचित मार्गदर्शन, प्रोत्साहन र अवसर प्राप्त भएमा ऊज्विन जिन गुरुङले खेलकुद क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

१२ फाल्गुन २०८२, मंगलवार १४:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०