११ असार २०८३, बिहीबार
Follow us :

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने

बैठकले संसदीय दलको नेताबारे पनि निर्णय लिन सक्ने

कान्तिपुर प्रेस

काठमाडौं- नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको जानकारी दिइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यो बैठकले संसदीय दलको नेताबारे पनि निर्णय लिन सक्नेछ।

३० चैत्र २०८२, सोमबार १५:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०