३ बैशाख २०८३, बिहीबार
Follow us :

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कान्तिपुर प्रेस

काठमाण्डाै – कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार भएकाे छ । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले उनीहरूकाे उद्धार गरेकाे हाे । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएकाे छ ।

दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।

दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार  र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।

३ बैशाख २०८३, बिहीबार १२:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०