काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।
लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको स्वतः दाबी हुने भएकाले उम्मेदवारी दिन लागेको सांसद भीष्मराज आङ्दाम्बेले बताए।
उनले उम्मेदवार अहिलेसम्म नटुङ्गिएको बताए।
उनले भने, लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिन्छ। अरू समितिको विषयमा हामी अन्य विपक्षी दलसँग छलफल गर्दैर्छौँ।
आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता हुँदैछ।
३ बैशाख २०८३, बिहीबार १२:२७ मा प्रकाशित










