३ बैशाख २०८३, बिहीबार
Follow us :

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने रास्वपाको निर्णय

कान्तिपुर प्रेस

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ ।

रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखेका छन् ।

तर, कांग्रेस सभापति गगन थापाको चाहना रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दिन चाहेका छन् ।  यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।  बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू सहभागी थिए ।

३ बैशाख २०८३, बिहीबार १४:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०