१८ बैशाख २०८३, शुक्रबार
Follow us :

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

कान्तिपुर प्रेस

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकका लागि ९ वटा एजेण्डा तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको हो ।

प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने जानकारी दिए ।

बैठकमा पार्टीका गतिविधिबारे ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ ।

यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुनेछ ।

बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिनेछ।

यस्तो छ केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची–

१) पार्टी गतिविधि व्रिफिङ ।
२) केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३) केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४) महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५) विधान संशोधन सम्बन्धमा ।
६) स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।
७) प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८) सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९) विविधः
क) विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख) विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग) संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

७ बैशाख २०८३, सोमबार ०८:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०