८ बैशाख २०८३, मंगलवार
Follow us :

ओलीको तस्वीर बिना एमालेको ब्यानर

कान्तिपुर प्रेस

काठमाडौं । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ ।

महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।

यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो । नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन ।

‘केही नेताहरूले सम्बोधन गरेर सामान्य तरिकाले स्थापना दिवस मनाउने तयारी भइरहेको छ । तर वक्ताहरूको टुंगो लागेको छैन,’ एमाले स्रोतले भन्यो ।

अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।

८ बैशाख २०८३, मंगलवार १४:४० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०