९ बैशाख २०८३, बुधबार
Follow us :

नेविसंघका नेताहरूलाई थुनामा राखिएकोप्रति कांग्रेसको आपत्ति

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई थुनामा राखेकोप्रति आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर  केन्द्रीय सदस्य भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वीसी लगायत केही नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति आपत्ति जनाएका हुन् ।

प्रवक्ता चालिसेले लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू भएको र यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख गरेका छन् ।

यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गरेको प्रवक्ता चालिसेले उल्लेख गरेका छन् ।

  ‘असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत छ’ प्रवक्ता चालिसेले लेखेका विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ ।’

उनले पक्राउ परेका विद्यार्थी नेताहरूलाई विना सर्त तत्काल रिहा गर्न र भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारभित्र नाराबाजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

672158701_1509673924110720_2481669545660922794_n

९ बैशाख २०८३, बुधबार १५:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०