१० बैशाख २०८३, बिहीबार
Follow us :

उपत्यकाभित्रका विद्यालयमा वैशाख १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न मेयर्स फोरमको आग्रह

कान्तिपुर प्रेस

काठमाडाैं । काठमाडाैं उपत्यका मेयर्स फोरमले काठमाडाैं उपत्यकाभित्रका सबै पालिकाहरूलाई १५ गते मंगलबारदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।

फोरमको बुधबार बसेको बैठकले शुक्रबारदेखि नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र १५ गते मंगलबारदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो । काठमाडाैं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले निर्णय कार्यान्वयनका लागि सबै पालिकालाई अनुरोध गर्नुभएको छ ।

यसअघि संघीय सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन २१ गतेदेखि शुरू गर्न भनेको थियो । शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै शुरु हुने व्यवस्था रहेको भन्दै सबै पालिकाहरूले आ–आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन गर्दै आएको फोरमले जनाएको छ ।

इन्धन संकटलाई समेत ध्यानमा राख्दै विद्युतीय गाडीको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न पनि फोरमले आग्रह गरेको हाे ।

१० बैशाख २०८३, बिहीबार ११:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०