१० बैशाख २०८३, बिहीबार
Follow us :

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

कान्तिपुर प्रेस

काठमाण्डौ – वीरगञ्ज नाका हुँदै यो आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षका नौ महिनामा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा  यसपालि १० अर्ब १९ करोड रुपैयाँ अर्थात् करिब १५ प्रतिशत निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो ।

साथै गएको आर्थिक वर्षका नौ महिनाको तुलनामा यो आर्थिक वर्षको नौ महिनामा १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी आयात भएको छ । यो नाका हुँदै नौ महिनामा ४३ अर्ब ६१ करोड रुपैयाँ पर्ने प्रशोधित भटमासको तेल निर्यात भएको छ ।

त्यस्तै  पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ भने पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो । साथै पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस र दुई अर्ब ६९ करोड मूल्यका कपडा पनि  निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

१० बैशाख २०८३, बिहीबार ११:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०