काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा यही वैशाख १७ गतेका लागि आह्वान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज निकालेको विज्ञप्तिमा कारणवश राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको उल्लेख छ ।
सरकारको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले १७ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । तर अधिवेशन रोक्न आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

१० बैशाख २०८३, बिहीबार १९:४३ मा प्रकाशित











