१८ बैशाख २०८३, शुक्रबार
Follow us :

सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता : गगन थापा

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा मात्र सीमित राख्न नहुने बताएका छन् ।

शुक्रबार (वैशाख ११) लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व हुने बताए ।

“आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,” उनले भनेका छन् ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता रहेको बताए ।

११ बैशाख २०८३, शुक्रबार ०९:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०