११ बैशाख २०८३, शुक्रबार
Follow us :

सुकुम्वासी बस्ती खाली गर्न शुरू

कान्तिपुर प्रेस

काठमाण्डाै – काठमाण्डाैकाे थापाथलीमा रहेकाे सुकुम्वासी बस्तीमा रहेकाहरूले सामान अन्यत्र सार्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरूले अहिले सामान सारिरहेका छन् ।

प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।

यसैबीच सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । सुकुम्वासीले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

११ बैशाख २०८३, शुक्रबार १३:२६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०