११ बैशाख २०८३, शुक्रबार
Follow us :

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, भोलि साँझसम्म सर्वसम्मत चयन गर्ने तयारी

कान्तिपुर प्रेस

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ।

भोलि साँझसम्म सर्वसम्मत चयनका लागि हाललाई प्रक्रिया स्थगित गरिएको हो। सर्वसम्मत नभएको खण्डमा अर्को कार्यतालिका ल्याएर दलको नेता चयन गरिने पार्टीले जनाएको छ।

आजको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे र निर्वाचन समन्वयमा आइतबारसम्म संसदीय दलको नेता चयन गरिने छ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार अहिले पनि विधान संशोधनमै छलफल भएको छ। आइतबारसम्ममा कांग्रेसले संसदीय दलको नेता पाउँछ।

११ बैशाख २०८३, शुक्रबार १६:०४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०