१४ बैशाख २०८३, सोमबार
Follow us :

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङदेम्बे निर्विरोध निर्वाचित

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् ।

कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । अन्तत: आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङदेम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।

यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए । सोही कारण सहमति जुट्न सकस भएको थियो ।

१४ बैशाख २०८३, सोमबार १५:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०