१५ बैशाख २०८३, मंगलवार
Follow us :

कांग्रेसको निवर्तमान कार्यवाहक खड्का पक्षको बैठक आज बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको बैठक मंगलबार बस्ने भएकाे छ।

काठमाडौंको महाराजगन्ज स्थित स्मार्ट होटलमा १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताउनुभएकाे हाे। बैठकमा खड्का पक्षको आगामी रणनीतिकाे बारेमा छलफल हुने भएकाे छ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन कार्यवाहक खड्काले बैठक बोलाउनुभएकाे हाे। बैठकमा डा. शेखर कोइराला समूह भने नजाने भएको छ।

१५ बैशाख २०८३, मंगलवार ०९:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०