काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गरेको छ।
संसदीय दलको नेता भीष्मराज आङदेम्बेले आज मनोनयन गरेका हुन्।
प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन भएका छन्।
आङदेम्बेलाई सोमबार सभापति गगन थापाले दलको नेतामा नियुक्त गरेका थिए।
१६ बैशाख २०८३, बुधबार १२:४२ मा प्रकाशित











