काठमाण्डौ – प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज त्रिपुरेश्वरको कभर्डहलमा भएको फाइनल खेलमा पुलिसले न्यु डायमन्ड युथ स्पोट्र्स क्लबलाई हराउँदै चौथा पटक उपाधि जितेको हो ।
पुलिसले न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो । उपाधि जितेसँगै न्यु डायमन्डले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ पाएको छ । अहिले पुरुषतर्फ उपाधिका लागि हेल्प नेपाल र रुकुम पश्चिमले खेलिरहेका छन् ।
लिगमा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका हुन् । एनभीए लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि शुरु भएको थियो ।











