काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) राति कोशी, बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै ठाउँमा पानी पर्ने सम्भावन रहेको जनाएको छ।
विभागका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
विभागले भनेको छ, ‘कोशी, बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै ठाउँमा र बाँकी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यम स्तरको वर्षा/हिमपातको सम्भावना रहेको छ।’
विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।











