५ असार २०८३, शुक्रबार
Follow us :

अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री शाह

कान्तिपुर प्रेस

प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास रहेको उल्लेख गर्नुभएको छ । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङक्रमणबाट मुक्त गर्न प्रयास थालिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभएको तर्कसहित चाहेमा आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी सङ्गठन बनाउन सक्ने पनि दाबी गर्नुभएको छ ।

अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता बन्नुपर्नेमा उहाँको जोड छ । नागरिकको चाहनाअनुसार अध्यादेशमार्फत विकृति हटाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

परिवर्तन निर्णय र त्यसको कार्यान्वयनबाट आउने भएकाले ढुक्क हुन र सरकारले नागरिककै हितमा काम गर्ने उहाँको प्रतिबद्धता छ ।

२२ बैशाख २०८३, मंगलवार १०:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०