१४ असार २०८३, आईतवार
Follow us :

तीन दिनपछि खुल्यो बीपी राजमार्ग

कान्तिपुर प्रेस

काठमाण्डौ – बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर बिहानदेखि सडक खुलाइएको काभ्रे प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । गएको सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक बन्द भएको थियो ।

वर्षा हुने बित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।

पोहोरको बाढी पहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन बनाएर गाडी सञ्चालन गर्ने गरिएको छ । अहिले त्यस क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।

२४ बैशाख २०८३, बिहीबार ११:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०