५ असार २०८३, शुक्रबार
Follow us :

भ्रातृ संगठनमा नेतृत्व चयन भएको छैन : सभापति थापाको सचिवालय

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको छ ।

सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए । ‘कसैलाई पनि मनोनति गरिएको छैन,’  उनले भने, ‘बेकारको हल्ला हो ।’

केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।

केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।

कार्यसम्पादन समिति बैठकले सभापति थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।

अब सभापति थापाले पाँचवटै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि नयाँ तदर्थ समिति गठन गर्ने छन् । ‘म्याद सकिएका भ्रातृ संगठनहरूको नयाँ कार्यसमिति आउँछ । त्यही कार्यसमितिले अधिवेशन सम्पन्न गर्छ,’ महामन्त्री प्रदीप पौडेलले भनेका थिए ।

२५ बैशाख २०८३, शुक्रबार ०९:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०