१० असार २०८३, बुधबार
Follow us :

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कान्तिपुर प्रेस

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदी १२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २७५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार १५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

२५ बैशाख २०८३, शुक्रबार ११:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०