५ असार २०८३, शुक्रबार
Follow us :

कम्युनिष्ट आन्दोलन नेपालबाट सखाप पार्ने डिजाइन भइरहेको छ : संयोजक पुष्पकमल दाहाल

कान्तिपुर प्रेस

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनुभएको छ ।

२६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताउनु भयो ।

उहाँले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन् । यो सत्यलाई स्विकार गर्न हामीले आँट गरेनाैँ भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ ।

त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीेले पहिले आफैलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो ? त्यसको समिक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ ।’

संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताउनु भयो ।

२७ बैशाख २०८३, आईतवार १५:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०