२४ जेष्ठ २०८३, आईतवार
Follow us :

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

कान्तिपुर प्रेस

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको जहाजमा अवतरणलगत्तै टायर विस्फोट भएर आगो लागेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको थियो ।

विमानस्थलमा ठप्प हुँदा एयर अरेबियाको जहाले आकाशमै नौ फन्का लगाएको थियो । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सका जहाज पनि आकाशमै घुमेका थिए ।

विमानस्थल स्रोतका अनुसार अहिले स्थिति सामान्य बनेको छ ।

२८ बैशाख २०८३, सोमबार ०९:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०