३० बैशाख २०८३, बुधबार
Follow us :

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ कायम थियो ।

२८ बैशाख २०८३, सोमबार १२:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०