काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बहिस्कार गरेको छ ।
सरकारले डोजर लगाए सुकुमवासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले बताएको छ।
समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा छन्। सोमबार ११ बजे बोलाइएको बैठकमा उनीहरू अनुपस्थित रहे।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताए।












