३० बैशाख २०८३, बुधबार
Follow us :

प्रधानमन्त्री शाहले आज पहिलो पटक संघीय संसद बैठकमा बाेल्दै (कार्यसूचीसहित)

कान्तिपुर प्रेस

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने तय भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि शाह पहिलो पटक बुधबार बिहान ११ बजे बस्ने संसद बैठकमा बाेल्न लाग्नुभएको हाे । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने भएकाे छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार नीति तथा कार्यक्रममाथि बुधबार छलफल हुने भएकाे हाे ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ। छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्ने समेत कार्यसूचीमा रहेकाे हाे ।

त्यस्ते, राष्ट्रियसभाकाे बैठक पनि बुधबारै मध्याह्न सवा १२ बजे बस्ने भएकाे छ ।

३० बैशाख २०८३, बुधबार ०९:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०