३० बैशाख २०८३, बुधबार
Follow us :

काठमाडौं महानगरले छात्रवृत्ति परीक्षाको लागि अनलाइन आवेदन खुला गर्दै

कान्तिपुर प्रेस

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ ।

महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो । अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ ।

छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने भएकाे हाे । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

३० बैशाख २०८३, बुधबार ०९:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०